Home

 मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको आधिकारिक वेभसाईटमा यहाँहरुलाई हार्दिक स्वागत तथा अभिवादन छ । हामीले यस वेभसाईटमा मोर्चा सम्बन्धि जानकारी र गतिविधिहरुका साथै राष्ट्रिय मुक्ति आन्दोलन सम्बन्धि विविध जानकारीहरु पस्कनेछौं ।



मगर राष्ट्रिय मोर्चा, नेपाल केन्द्रीय समिति केन्द्रीय कार्यालयको बैठक सम्पन्न

काठमाडौं जेठ ६ । मगर मोर्चाको केन्द्रीय कार्यालयको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले केन्द्रीय पदाधिकारीहरुको कार्य विभाजन गर्दै सातवटा केन्द्रीय विभागहरुको गठन गरेको छ । बैठकको निर्णय अनुसार विदेश विभागमा वरिष्ठ उपाध्यक्ष ओनसरी घर्तिमगर, प्रशिक्षण तथा स्कुलिङ् विभागमा उपाध्यक्ष बसन्त घर्तिमगर, आर्थिक विभागमा लाल बहादुर सुस्लिङ् मगर, भाषा तथा संस्कृति विभागमा दिपक चर्ति मगर्, इतिहास तथा अनुसंधान विभागमा उपाध्यक्ष शुभ गुर्मछान मगर, संगठन विभागमा महासचिव शरुण बाँठा मगर र प्रकाशन विभागमा सचिव बालकृष्ण काउछामगर प्रमुख रहने व्यवस्था गरियो ।

यसैगरी तीनजना सचिवहरु मध्ये दुर्लभ कुमार पुन मगरले अन्तर्राष्ट्रिय तथा बाह्य सम्बन्ध, गम बहादुर श्रीस मगरले संगठनात्मक सम्बन्ध र बालकृष्ण काउछामगरले कार्यालयको दैनिक कार्यभार हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरियो । अध्यक्ष क‍.सन्तोष  बुढा मगरको अध्यक्षतामा बसेको सो बैठकमा ए.ने.क.पा.(माओवादी)का पोलिट व्युरो सदस्य, मगराँत राज्य समितिका इन्चार्ज तथा मोर्चाका फ्य्राक्शन इन्चार्ज क.सुदर्शन प्रमुख अतिथि हुनुहुन्थ्यो ।


मगर राष्ट्रिय मोर्चा, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको पोष्टर 



दोस्रो राष्ट्रिय सम्मेलनका तस्विरहरू

 प्रमुख अतिथि अध्यक्ष क.प्रचण्डबाट उद्घाटन समारोहलाई सम्बोधन

बन्दसत्र

घोषणा सभा, दमौली